एजेन्सी । तेहरान–इजरायल युद्ध अन्त्यतर्फ संकेत भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई कडा चेतावनी दिएका छन्। उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूमध्य खोल्न आदेश दिँदै, यदि इरानले पालना नगरेमा अमेरिकाले इरानका विभिन्न विद्युत् उत्पादन केन्द्रहरूमा आक्रमण गरी पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्।
यसैबीच, इरानले दक्षिणी इजरायलका अराद र डिमोना शहरमा मिसाइल आक्रमण गरेको छ। यस आक्रमणमा ८४ जना घाइते भएका छन् । जसमा १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
ट्रम्पले आफ्नो वक्तव्यमा अमेरिकाले इरानलाई परमाणु क्षमताबाट टाढा राख्ने, उसको मिसाइल क्षमता नष्ट गर्ने, र मध्यपूर्वका सहयोगी राष्ट्रहरूको सुरक्षा सुनिश्चित गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।
आर्थिकन्यूज