काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज १४ दिनको अवधिका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोल मार्फत भाग लिन सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलपत्र पेश गर्न सक्नेछन्। संकलित निक्षेपको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी २०८२ चैत २२ गते गरिनेछ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्मको भागमा बोलपत्र पेश गर्न सक्नेछन्। यदि कुल बोलपत्र आह्वान रकमभन्दा बढी भएमा बाँडफाँड प्रो-रेटा आधारमा गरिनेछ।
राष्ट्र बैंकले यस निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने जानकारी दिएको छ। बोलपत्रमा उल्लेख गरिएको रकम र ब्याजदर (दशमलवपछि चार अंकसम्म)का आधारमा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ र बाँकी रकम क्रमशः बाँडफाँड गरिनेछ।
सङ्कलित रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा रहने भएकाले यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न आवश्यक छैन। यो कदम बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकको प्रयासको हिस्सा हो।
आर्थिकन्यूज