शीर्षकहरू

मध्यपूर्व द्वन्द्वले नेपालको आर्थिक वृद्धिदरमा जोखिम बढायो: राष्ट्र बैंक

मध्यपूर्व द्वन्द्वले नेपालको आर्थिक वृद्धिदरमा जोखिम बढायो: राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले विश्वमा बढ्दो भूराजनीतिक तनावले नेपालको आर्थिक वृद्धिदरमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

नयाँ माइक्रोइकोनोमिक रिपोर्ट २०२६ अनुसार, अमेरिका–इजरायल–इरानमा जारी द्वन्द्वले नेपालको रेमिट्यान्स प्रवाहमा प्रत्यक्ष असर पुर्‍याएको छ भने, बाह्य बजार अनिश्चितताले महंगी र आयात लागतमा वृद्धि ल्याउने सम्भावना छ।

राष्ट्र बैंक अनुसार “नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा मध्यपूर्वको द्वन्द्वले मूल्यस्तर र आपूर्तिमा असर पुर्‍याउँछ, र ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने अनुमान छ।”

प्रतिवेदनले आन्तरिक राजनीतिक अस्थिरता, बाढी–पहिरो र आगामी संसदीय चुनावले अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। वर्तमान आर्थिक वृद्धिदर सामान्य अवस्थामा ३–४ प्रतिशत रहने अनुमान भए पनि स्थिरता नभए ऋणात्मक वृद्धिदर देखिन सक्ने संकेत गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षामा सरकारले ६ प्रतिशत वृद्धिको लक्ष्य राखे पनि रिपोर्टले नयाँ सरकारका लागि मुख्य चुनौती राजनीतिक स्थिरता, लगानी प्रोत्साहन, र रेमिट्यान्स प्रवाह कायम राख्न रहेको औँल्याएको छ।

प्रतिवेदनमा भनिएको छ, “आर्थिक वृद्धिदर ६ प्रतिशतसम्म लैजान सामान्य सुधार पर्याप्त छैन। पर्यटन, सरकारी पुँजीगत खर्च र रेमिट्यान्स प्रवाहमा ठोस सुधार आवश्यक छ।”

राष्ट्र बैंकले आर्थिक वृद्धिका लागि स्थिर राजनीतिक वातावरण र विश्वव्यापी अनिश्चितता व्यवस्थापनलाई प्राथमिकता दिन नयाँ सरकारसमक्ष सुझाव दिएको छ।