काठमाडौँ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर १ दशमलब ९ प्रतिशतमा घट्ने अनुमान गरेको छ।
डब्ल्यूटीओले सार्वजनिक गरेको ‘ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिक्स’ प्रतिवेदन अनुसार सन् २०२५ मा ४.६ प्रतिशत रहेको वृद्धिदर यो वर्ष खुम्चिने बताइएको छ।
पश्चिम एसियामा जारी तनाव, इन्धन र ऊर्जा मूल्यको वृद्धि, र विश्वव्यापी यातायातमा अवरोधले यो प्रक्षेपित वृद्धिदर अझै कम हुन सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनको विस्तार र नयाँ भन्सार नीतिहरूले व्यापारलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्याउन सक्छ। डब्ल्यूटीओले सन् २०२७ मा विश्व वस्तु व्यापार २.६ प्रतिशतले वृद्धि हुने अनुमान पनि गरेको छ।
आर्थिकन्यूज