काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सले आगामी वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार प्रधान कार्यालय कमलादीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीसहित उच्च व्यवस्थापन टोलीले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका थिए।
सार्वजनिक क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि र मिति समावेश गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई यस स्थानमा पुर्याउन योगदान गर्ने सञ्चालक, कर्मचारी, अभिकर्ता, ग्राहक तथा शेयरधनीप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को शुभकामना दिएका छन्। उनले आगामी दिनमा नवीन प्रविधिको प्रयोगमार्फत सेवाको गुणस्तर थप सुधार गर्दै ग्राहकमैत्री योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले सरोकारवालाको अपेक्षा पूरा गर्न निरन्तर प्रयासरत रहने जनाएको छ।
आर्थिकन्यूज