काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा वित्तीय साक्षरता सम्बन्धी ‘स्मार्ट मनि टक्स’ कार्यक्रम सम्पन्न गरेको छ।
नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहबाटै आवश्यक रहेको बताए। उनले पैसाको उचित व्यवस्थापन र सचेत प्रयोगबाट व्यक्तिले उपलब्ध स्रोतको अधिकतम लाभ लिन सक्ने उल्लेख गरे।
खनालले युवा तथा विद्यार्थीले वित्तीय विषयमा बढी जानकारी राख्नुपर्नेमा जोड दिँदै सूचना प्रविधिको बढ्दो प्रयोगसँगै वित्तीय क्षेत्रमा चुनौती पनि थपिएको बताए। उनले अपरिचित फोन, एसएमएस वा सामाजिक सञ्जालका शंकास्पद लिंक नखोल्न तथा विभिन्न प्रलोभनमा नपर्न आग्रह गरे।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट लगायत अन्य पदाधिकारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।
बैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। उक्त सप्ताह हरेक वर्ष मार्च १६ देखि २२ सम्म विश्वभर मनाइन्छ।
आर्थिकन्यूज