शीर्षकहरू

रमेश कर्पको छैटौं संस्थापक दिवस सम्पन्न

रमेश कर्पको छैटौं संस्थापक दिवस सम्पन्न

काठमाडौँ। रमेश कर्पले ‘सधैं सँगै, हरेक पलमा’ नारासहित छैटौं संस्थापक दिवस मनाएको छ। कम्पनीले गोदावरी भिलेज रिसोर्टमा आयोजित कार्यक्रममार्फत वार्षिकोत्सव सम्पन्न गरेको हो।

कार्यक्रममा खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन तथा विभिन्न परिकारका स्टल राखिएको थियो। यसले कर्मचारी र व्यवस्थापनबीच सहकार्य र सम्बन्ध सुदृढ बनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

संस्थापक दिवस हरेक वर्ष चैत्र ६ गते मनाइने र यसले स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीको स्मरण गर्ने परम्परा रहेको कम्पनीले जनाएको छ। उनका इमानदारी, अग्रणी सोच र व्यावसायिकताजस्ता मूल्यलाई संस्थागत संस्कृतिको आधारका रूपमा अघि बढाइएको छ।

यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। ‘फाउन्डर लोएल्टी अवार्ड’, ‘भिजनरी लिडरशीप अवार्ड’ लगायतका पुरस्कारमार्फत कर्मचारीको योगदानको कदर गरिएको कम्पनीले जनाएको छ।

छ वर्षको यात्रा पूरा गरेको कम्पनीले नवप्रवर्तन, साझेदारी विस्तार र नेतृत्व विकासमा जोड दिँदै आगामी दिनमा थप उपलब्धि हासिल गर्ने लक्ष्य राखेको जनाएको छ।