काठमाडौं। महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा साताव्यापी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु देशभरी सम्पन्न गरेको छ।
बैंकका शाखा तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय पहुँच बाहिर रहेका विभिन्न लक्षित वर्गलाई वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गर्ने उद्देश्यका साथ कार्यक्रमहरु सञ्चालन गरिएको हो। यो अभियान २०८२-१२-०२ देखि २०८२-१२-०८ सम्म सञ्चालन भएको थियो।
यस क्रममा बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर, पोखरा, विरगंज, धनगढी, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन, चिप्लेढुङ्गा लगायतका शाखा तथा कार्यालयहरुले विद्यार्थी र युवाहरुलाई लक्षित गरी बचत, कर्जा, लगानी, विद्युतीय वित्तीय सेवा, विप्रेषण, बीमा, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन र ठगीबारे जानकारी प्रदान गरेका छन्।
“स्मार्ट मनी टक्स” भन्ने मुल नाराका साथ आयोजना भएका कार्यक्रममा एक हजारभन्दा बढी सहभागी भएको बताइएको छ। साथै, नेपाल राष्ट्र बैंक लगायतका संस्थाहरुको प्रभातफेरी कार्यक्रमहरुमा पनि बैंकले सक्रिय सहभागिता जनाएको छ।
ग्लोबल मनी विकको अवसर पारेर नेपालगंज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज, बाँकेका विद्यार्थीहरुमा शैक्षिक सामग्री वितरण गरेको थियो। बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत सचेतनामूलक जानकारी र भिडियो सामग्री पनि प्रसारण गरेको छ।
“सबल बैंक, सफल सहकार्य” को नारासहित विगत ३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा र करिब ८ लाख ५० हजार ग्राहक छन्।
आर्थिकन्यूज