काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। यसमा दुई वटा वाणिज्य बैंक समेत समावेश छन्।
बोनस शेयर सूचीकृत भएपछि लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त शेयरमार्फत खरिद-बिक्री गर्न सक्नेछन्।
कम्पनी र बोनस शेयर विवरण यस प्रकार छन्:
नेपाल एसबिआई बैंक – ४ प्रतिशत बोनस, ४३ लाख ५९ हजार ६६३.२२७२ कित्ता
सिद्धार्थ बैंक – ५ प्रतिशत बोनस, ७० लाख ४४ हजार ९९०.१० कित्ता
माउन्टेन इनर्जी – २० प्रतिशत बोनस, ५२ लाख ५ हजार ४३१.४२ कित्ता
कालिन्चोक दर्शन – ५ प्रतिशत बोनस, ३ लाख कित्ता
नेशनल लाइफ इन्स्योरेन्स – ४ प्रतिशत बोनस, २१ लाख ८९ हजार ९५.८९ कित्ता
साना किसान विकास लघुवित्त – १४.२५ प्रतिशत बोनस, ६१ लाख ४५ हजार ४८५.६५७१ कित्ता
नेप्सेमा बोनस शेयर सूचीकृत भएपछि यी कम्पनीका लगानीकर्ताले अब बोनस शेयर बजारमा खरिद र बिक्री गर्न सक्ने सुविधा पाएका छन्।
आर्थिकन्यूज