काठमाडाैं । दैनिक करिब २०० रुपैयाँ तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने भएको छ।
लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अब ग्राहकले न्यून दैनिक किस्तामा इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन्।
“लुयान सरल फाइनान्स” अफर अन्तर्गत लोकप्रिय एमएनके३ प्रो मोडेल उपलब्ध गराइएको छ। यस स्कुटर खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्नेछ। बाँकी रकम भने १८ महिनासम्म किस्तामा तिर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार यसरी हिसाब गर्दा दैनिक करिब २०० रुपैयाँ बराबरको किस्ता पर्न जान्छ। यसले मध्यम आय भएका ग्राहकलाई पनि स्कुटर खरिद गर्न सहज बनाउने विश्वास गरिएको छ।
एमएनके३ प्रो स्कुटरको मूल्य १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यसमा २८०० वाट क्षमताको पिक मोटर जडान गरिएको छ। उक्त मोटरले उकालो बाटोमा पनि राम्रो प्रदर्शन दिने कम्पनीको दाबी छ।
स्कुटरमा करिब १८० एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ। यसले ग्रामीण तथा कच्ची सडकमा समेत सहज रूपमा सञ्चालन गर्न मद्दत गर्ने बताइएको छ।
लुयान नेपालले गुणस्तरीय स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ।
सर्भिस नेटवर्कको हिसाबले पनि कम्पनीलाई अग्रणी मानिन्छ। हाल कम्पनीले काठमाडौं उपत्यकाभित्र करिब १८ वटा सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ।
यसले ग्राहकलाई छिटो र भरपर्दो सेवा उपलब्ध गराउन सहयोग पुर्याएको छ। लुयानसँगै कम्पनीले सारथी र इकुटर ब्रान्डका स्कुटरहरूको पनि बिक्री वितरण गर्दै आएको छ। कम्पनी विगत ७ वर्षदेखि यस क्षेत्रमा सक्रिय छ।
निरन्तर सेवा र विस्तारका कारण ग्राहकको विश्वास बढ्दै गएको कम्पनीको भनाइ छ। कम्पनीका सेल्स हेड शंकर शर्माका अनुसार यो योजना ग्राहकका लागि निकै उपयोगी हुने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज