काठमाडौं । पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, राज्यविरुद्धको कसुर र संगठित अपराधको आरोपमा ३२ जना प्रतिवादी कायम गरिएको छ। यसमध्ये ८ जना पक्राउ परेका छन् भने बाँकी फरार छन्।
सिआइबीले प्रारम्भमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर, पक्राउ परेका माउन्टेन हेलिकप्टर्सका पूर्वमहाप्रबन्धक राजेन्द्रबहादुर सिंहलाई हालको अनुसन्धानमा कुनै लाभ नदेखिएको र प्रस्तुत कसुरमा संलग्नता पुष्टि नभएको आधारमा मुद्दा नचलाउने निर्णय गरिएको छ।
सिआइबीले एक हजार २४३ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले अभियोगपत्रलाई कमजोर बनाउनुपर्ने भन्दै ७४८ पृष्ठको संक्षिप्त अभियोगपत्र पेश गरेको थियो।
पक्राउ परेका व्यक्तिहरूमा माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर्ड सर्भिस, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स, रोयल होलिडेज एड्भेन्चर, श्रीद्धि अस्पताल लगायतका सञ्चालक र म्यानेजर रहेका छन्।
३२ प्रतिवादीको सूची यस प्रकार छ:
१. मुक्ति पाण्डे – एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रा.लि
२. सुवास केसी – एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रा.लि
३. विवेक पाण्डे – माउन्टेन रेस्क्यु सर्भिस
४. जयराम रिमाल – माउन्टेन रेस्क्यु सर्भिस
५. विवेकराज थपलिया – नेपाल चार्टर सर्भिस प्रा.लि
६. रविन्द्र अधिकारी – नेपाल चार्टर सर्भिस प्रा.लि
७. डा. गिर्वाणराज तिमिल्सिना – श्रीद्धि इन्टरनेसनल अस्पताल
८. डा. मिनल्मा पाण्डे – स्वाकन इन्टरनेसनल अस्पताल
९. श्याम सुन्दर कँडेल – स्वाकन इन्टरनेसनल अस्पताल
१०. सन्दीप ढुंगाना – हिमालयन मार्स्टर्स एड्भेन्चर्स
११. सन्दीप तिवारी – रोयल होलिडेज एड्भेन्चर
१२. शान्तकुमार बाँनिया – म्याजिक हिमालय ट्रेक
१३. विनोद सापकोटा – नेपाल ट्रेक एड्भेन्चर
१४. जीवन पाण्डे – एरा इन्टरनेसनल अस्पताल
१५. भानु ढकाल – एरा इन्टरनेसनल अस्पताल
१६. फुर्वा छिरिङ शेर्पा – एरा इन्टरनेसनल अस्पताल
१७. ममिता भट्ट – एरा इन्टरनेसनल अस्पताल
१८. चुङला शेर्पा – एरा इन्टरनेसनल अस्पताल
१९. पासाङ शेर्पा – पानोराम हिमालय ट्रेकिङ
२०. तेन्जिङ शेर्पा – पानोराम हिमालय ट्रेकिङ
२१. पासाङ दावा शेर्पा – अल्टिच्युट एयर
२२. बद्री लम्साल – स्प्रिच्युअल एक्सकर्सन
२३. कविन्द्र लम्साल – स्प्रिच्युअल एक्सकर्सन
२४. विष्णुप्रसाद लम्साल – नेपाल हाइकिङ एडभेन्चर
२५. सन्दीप भण्डारी – माउन्टेन हेलिकोप्टर
२६. प्रकाशबाबु दाहाल – मनाङ एयर
२७. चन्द्रप्रसाद प्याकुरेल – अल्टिच्यूट एयर
२८. कुमार भण्डारी – नेपाल रेस्क्यु एन्ड असिसटेन्स
२९. खोमराज अधिकारी – नेपाल चार्टर सर्भिस
३०. गणेश सिलवाल – एरा इन्टरनेशनल अस्पताल
३१. श्रीराम केसी – स्वाकन अस्पताल (पूर्वसञ्चालक)
३२. रामकुमार फुयाल – वल्र्डवाइड असिसटेन्स प्रा.लि
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, मुद्दा संगठित रूपमा राष्ट्रहितविरुद्धको कसुरमा दायर गरिएको हो।
आर्थिकन्यूज