काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ २९ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको छ। चैत्र ८ गते अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिले विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम २०८२ पौष २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरी नयाँ कार्य समितिलाई पूर्णता दिएको हो।
पदाधिकारीहरू अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक रहेका छन ।
त्यस्तै, सदस्यहरूमा प्रदेश सदस्यहरू डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला, पुष्कर ओझा, छन् । त्यस्तै, साधारण सदस्यहरू अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह छन् ।
त्यस्तै, अध्यक्ष मनोनित सदस्यहरू दिपककुमार अग्रवाल, महेश पाल, राजेशप्रसाद गिरी रहेका छन् । यसै अवसरमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमको आयोजना पनि गरेका छन्।
आर्थिकन्यूज