एजेन्सी । तेहरान–इजरायल युद्धका संकेतबीच विश्व राजनीति फेरि अस्थिर बन्दै गएको छ। दोस्रो विश्वयुद्धपछि महायुद्ध नदोहरिएको भए पनि २०२६ को परिदृश्य फरक देखिएको छ। नाटोले अमेरिकासँगको सहकार्य कमजोर बनाएको छ भने रूस एक्लै चार वर्षदेखि लडिरहेको छ। चीनले आफ्नो शक्ति विस्तार गर्दै रूसलाई समर्थन गरिरहेको छ। यसैबीच, विश्वका विभिन्न क्षेत्रमा युद्ध सुरु भएका छन् वा हुने संकेत देखिएका छन्।
विश्वमा विवाद र युद्धको तथ्याङ्कमा कुल १९५ देशमध्ये १३५–१५० देश सक्रिय संघर्षमा संलग्न रहेका छन् । १०० भन्दा बढी देशमा सीमा विवाद छन । ६१ राज्य–अभिनेताबीच जातीय विवाद छन् । ७४ गैर–राज्य–अभिनेताद्वारा विवाद बढाइएका छन् । ४०–७० दीर्घकालीन जातीय संघर्ष चलिरहेका छन् । ६२ देशमा धार्मिक उत्पीडन वा भेदभाव छन् । २०–३० धार्मिक संघर्ष दीर्घकालीन रूपमा जारी छ ।
त्यस्तै, ३००–५०० आर्थिक विवाद चलिरहेको छ । ६१ सशस्त्र संघर्षमा सरकार संलग्न छन् । ७४ संघर्षमा गैर–राज्य पक्ष सक्रिय छन् । ८–१० ठूला युद्ध विश्वभर चलिरहेका छन् ।
अमेरिका, चीन र रूसको भूमिकामा २५–३० प्रतिशत विवादमा अमेरिका संलग्न रहदै आएको छ । १०–१५ प्रतिशत विवादमा चीनको भूमिका रहेको छ । त्यस्तै १० प्रतिशत विवादमा रूस संलग्न छ । ७०–७५ प्रतिशत क्षेत्रीय संघर्ष चलिरहेको छ । १०–१५ प्रतिशत धार्मिक संघर्ष चलिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व राजनीतिमा नयाँ युगको सुरुवात गरेका छन्। जहाँ हरेक विवादका निर्णायक ट्रम्प स्वयं बनेका छन्। शान्तिका दूत, युद्ध रोक्ने शक्ति, विकास र विनाशका केन्द्रबिन्दु सबै ट्रम्पमै समाहित भएको चर्चा भइरहेको छ।
ट्रम्पले कुनै संकोच वा लिहाज नगरी विश्वका राष्ट्रप्रमुखसँग प्रत्यक्ष संवाद गर्ने, धम्की दिने शैली अपनाएका छन्। उनी “हाम्रो शर्तमा बस, नभए भाग, नत्र मर्नेछौ” भन्ने स्पष्ट सन्देश दिने नेताका रूपमा प्रस्तुत भइरहेका छन्।
यस शैलीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा नयाँ तनाव थपेको छ। विश्वका धेरै मुलुकहरू ट्रम्पको कठोर चेतावनी र सीधा हस्तक्षेपका कारण असमञ्जसमा परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहान एक कुरा गर्छन्, बेलुकी अर्को कुरा। एउटै मुद्दामा फरक–फरक समयमा फरक भनाइ दिने भएकाले विश्व नै भ्रमित भएको छ कि कुन कुरा विश्वास गर्ने र कुनलाई असत्य ठान्ने। समस्या के छ भने, ट्रम्पको कुनै भनाइलाई हल्का रूपमा लिन सकिँदैन। टैरिफ र वेनेजुएला मुद्दामा उनले भनेको कुरा उनले कार्यान्वयन गरेर देखाइसकेका छन्। ूअमेरिका फेरि महान् बनाउनेू अभियानमा ट्रम्पको वेनेजुएला सरप्राइजले धेरैलाई अचम्ममा पारेको छ।
ट्रम्पको वेनेजुएला सरप्राइज
११ अगस्ट २०१७मा ट्रम्पले पहिलोपटक वेनेजुएलाविरुद्ध ठूलो वक्तव्य दिएका थिए । जसमा उनले “ःमिलिट्री अप्सन” को कुरा उठाएका थिए। वेनेजुएला सरकारले यसलाई सार्वभौमिकतामाथि चरम आक्रमण भनेको थियो। त्यस्तै, २० जनवरी २०२५ ट्रम्प राष्ट्रपति बनेपछि उनले पुरानो कुरा बिर्सेनन्। उनले कार्यकारी निर्देशन जारी गर्दै वेनेजुएलाका ड्रग कार्टेल र अपराधी समूहलाई विदेशी आतङ्कवादी संगठन घोषणा गर्ने आधार तयार गरे।
फेब्रुअरी २०२५ मा ट्रम्प प्रशासनले ८ वटा ल्याटिन अमेरिकी अपराधी समूहलाई एफटीओ घोषणा गर्यो। अगस्ट २०२५मा वेनेजुएला वरिपरि अमेरिकी युद्धपोतहरूको तैनाती गरियो । जसमा ३ गाइडेड मिसाइल डिस्ट्रोयर थिए। पछि यो संख्या बढाएर ६,००० भन्दा बढी म्यारिन्स र ३ एमफिवियन एसल्ट सिप सम्म पुर्याइयो।
२ सेप्टेम्बर २०२५मा वेनेजुएला तटबाट निस्किएको पहिलो नावमा मिसाइल आक्रमण गरियो, जसलाई ‘ड्रग बोट’ भनियो। सेप्टेम्बर–डिसेम्बर २०२५ अमेरिकाले ३५ सैन्य आक्रमण गर्यो। निशाना ती नावहरू थिए, जसमा अमेरिका ड्रग तस्करीको आरोप लगाउँदै आएको थियो। यी आक्रमणमा कम्तीमा ११५ जनाको मृत्यु भएको बताइएको छ।
क्यारिबियन क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य शक्ति ठूलो मात्रामा बढाउँदै युद्धपोत, पनडुब्बी र एफ ५ लडाकु विमान तैनाथ गरेको थियो। करिब एक वर्षको तयारीपछि ३ जनवरी २०२६ मा अमेरिकाले वेनेजुएलामाथि ठूलो सैन्य आक्रमण गर्यो।
यस आक्रमणमा वेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिसिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिका लगिएको छ। उनीहरूविरुद्ध अमेरिकी अदालतमा नार्को–टेररिज्म र ड्रग तस्करी सम्बन्धी मुद्दा दायर गरिएको छ।
सार्वजनिक तथ्याङ्कअनुसार वेनेजुएला विश्वकै ठूलो पेट्रोलियम भण्डार भएको राष्ट्र हो। सोना उत्पादनमा २८औँ, कोइला उत्पादनमा ६९औँ स्थानमा रहेको यो देश क्रिटिकल मिनरल्समा पनि चिनिएको छ। पछिल्ला वर्षहरूमा चीनसँग वेनेजुएलाको व्यापार तीव्र रूपमा बढेको छ, विशेषतः पेट्रोलियम क्षेत्रमा। विश्लेषकहरूका अनुसार, अमेरिकाले ड्रग तस्करीको बहानामा वेनेजुएलालाई घेराबन्दी गर्दै अन्ततः शासन परिवर्तन गरेर स्रोत–साधनमा नियन्त्रण जमाएको देखिन्छ।
चीनसँग नजिकिँदा निशाना
ईरानसँग भएको युद्धमा पनि चीनसँगको नजिकपना प्रमुख कारण मानिएको छ। चीनले ईरानबाट ठूलो मात्रामा पेट्रोलियम आयात गर्दै आएको छ। होर्मुज जलडमरूमध्यमा युद्ध हुँदा ईरानले चीनका जहाजलाई मात्र पार गर्न अनुमति दिएको थियो। साथै, ईरानले आफ्नो मिसाइल तथा रक्षा कार्यक्रममा चीनको सहयोग लिएको र शाहेद ड्रोन रूसलाई उपलब्ध गराएको दाबी गरिएको छ।
उत्तर कोरियाका तानाशाह किम जोङ उनसँग अमेरिकाको दुश्मनीका दुई प्रमुख कारण छन्। पहिलो, उनी अमेरिकाको मित्र दक्षिण कोरियाका शत्रु हुन्। दोस्रो, कडा प्रतिबन्धका बाबजुद उत्तर कोरिया मिसाइल र बम निर्माणमा सक्रिय रहँदै आएको छ। यसका पछाडि चीन र रूसको सहयोग रहेको मानिन्छ।
किम जोङ उन चीनमा आयोजित विक्ट्री डे मिलिट्री परेडमा समेत सहभागी भएका थिए। यो परेड जापानको हारको वर्षगाँठमा मनाइने परम्परा हो । जसलाई चीनले ८० वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ। ८०औँ विक्ट्री डे परेडमा पुतिन, जिनपिङ र किम जोङ उन एकैसाथ उपस्थित भएका थिए।
२०१७ को पहिलो राउन्ड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई “ लिटिल रकेट म्यान” भने। जवाफमा किमले ट्रम्पलाई “डिजी” डरपोक भनेका थिए। साथै, उनले ट्रम्पलाई “ डोटर्ड” पनि भने, जसको अर्थ हुन्छ — मूर्ख बूढो व्यक्ति।
२०१८ को दोस्रो राउन्ड
नयाँ वर्षको सन्देशमा किमले भने, “मेरो डेस्कमा न्यूक्लियर बटन छ — र पूरा अमेरिका यसको रेंजमा पर्छ।” ट्रम्पले तुरुन्तै पलटवार गर्दै सामाजिक सञ्जालमा लेखे, “मेरो पनि न्यूक्लियर बटन छ, तर यो धेरै ठूलो, शक्तिशाली छ, र वास्तवमै काम गर्छ।”
९ मार्च २०२६ देखि १९ मार्च २०२६ सम्म दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास “ँचभभमयm क्जष्भमि द्दट” सञ्चालन गरे। उत्तर कोरियाका नेता किम जोङ उनले यसलाई “अमेरिकी आक्रमण अभ्यास” भनेका छन्।
जवाफमा उत्तर कोरियाले १० वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्यो र सेनालाई नदी पार गर्ने अभ्यासमा लगायो। किम जोङ उनकी बहिनी किम यो–जोंगले अमेरिकी अभ्यासविरुद्ध चेतावनी दिँदै भनिन्, “यसका परिणाम कल्पनाभन्दा पर हुनेछन्।” किम जोङ उनले भने, “यदि हमला भयो भने ठूलो विनाशका लागि तयार रहनुहोस्।”
अब सार्वजनिक स्थानहरूमा किम जोङ उनसँगै उनकी छोरी पनि देखिन थालेकी छन्। विश्लेषकहरूले अनुमान गरेका छन् कि किम आफ्नो उत्तराधिकारीलाई प्रशिक्षण दिइरहेका छन्।
समुन्द्रमा वर्ल्ड वारको सम्भावना
ईरान युद्धको समयमा पनि उत्तर कोरिया चर्चामा रह्यो। विश्लेषकहरूले भने, अमेरिका वेनेजुएला वा ईरानमा जस्तै उत्तर कोरियामाथि सजिलै आक्रमण गर्न सक्दैन, किनकि उत्तर कोरियासँग लामो दूरीका मिसाइल र परमाणु बम छन्।
यसले एउटा प्रश्न उठाएको छ — शान्ति कायम राख्नका लागि शक्तिशाली सैन्य भण्डार आवश्यक छ किरु किनकि कमजोर राष्ट्रलाई बलियोले सजिलै निगल्ने अवस्था बनेको छ।
अमेरिकालाई फेरि महान् बनाउने ट्रम्पको योजनामा समुद्रको भूमिका अत्यन्तै महत्वपूर्ण मानिएको छ। इतिहासले देखाएको छ कि अमेरिकी युद्धपोतहरूले समुद्रमा भयको सुनामी पैदा गर्दै आफ्नो शक्ति प्रदर्शन गरेका छन्। चीनसँगको प्रतिस्पर्धामा पनि समुद्र नै निर्णायक कारक बन्ने देखिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा जारी कार्यकारी निर्देशन मार्फत गल्फ अफ मेक्सिकोलाई अमेरिकाभित्र गल्फ अफ अमेरिका नामकरण गरेका छन्। उनका अनुसार, यो समुद्री क्षेत्र अमेरिकाको सुरक्षा र आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको नाम अमेरिकासँग जोडिनु आवश्यक छ।
मेक्सिकोले यस कदमको विरोध गरेको छ भने क्यूबाले पनि समर्थनमा विरोध जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा भने यो अझै पनि गल्फ अफ मेक्सिको नै रहन्छ । किनकि नाम परिवर्तनका लागि इन्टरनेशनल हाइड्रोग्राफिक अर्गनाइजेसनको अनुमति आवश्यक हुन्छ।
ट्रम्पले यसै क्रममा अलास्कामा रहेको अमेरिकाको सबैभन्दा अग्लो शिखर माउन्ट डेनालीलाई फेरि माउन्ट म्याक्निले नामकरण गरेका छन्। उनले यसलाई पनि अमेरिकाको गौरवसँग जोडेर व्याख्या गरेका छन्।
पनामा नहरमा पुनः अमेरिकी दाबी
अटलान्टिक महासागर र प्रशान्त महासागरलाई जोड्ने कृत्रिम नहर पनामा क्यानाल ८२ किलोमिटर लामो छ। यसले जहाजहरूको दूरी करिब १२,००० किलोमिटर छोट्याउँछ र विश्वको करिब ५ प्रतिशत समुद्री व्यापार यही मार्गबाट हुन्छ।
सन १९०४ मा निर्माण सुरु भई सन १९१४ मा पूरा भएको यो नहरमा अमेरिकाको प्रमुख भूमिका थियो। सन् १९९९ मा अमेरिका यसलाई पनामा सरकारलाई हस्तान्तरण गरिसकेको थियो। तर ट्रम्पले फेरि यसमा अमेरिकी दाबी प्रस्तुत गर्दै नियन्त्रण पुनः प्राप्त गर्ने संकेत दिएका छन्।
क्यूबा
उत्तर एटलान्टिक महासागरको क्यारिबियन सागर र गल्फ अफ मेक्सिकोबीच रहेको देश क्यूबा अमेरिकासँग दशकौँदेखि विवादमा छ। विवादको सुरुवात सन् १९५९ मा साम्यवादी नेता फिदेल कास्त्रोले समाजवादी सरकार गठन गरेपछि भएको हो। कास्त्रोले अमेरिकी कम्पनी र बैंकहरूको राष्ट्रियकरण गरेपछि अमेरिका असन्तुष्ट भयो। त्यसपछि अमेरिकाले १९६० देखि अहिलेसम्म कायम रहेको विश्वकै सबैभन्दा लामो आर्थिक नाकाबन्दी लगायो।
बे अफ पिग्सको तख्तापलट प्रयास, सोभियत रूसद्वारा क्यूबामा परमाणु मिसाइल तैनाती, र पछिल्लो समय ट्रम्प प्रशासनले क्यूबालाई क्तबतभ क्उयलकयचक या त्भचचयचष्कm सूचीमा राख्नु—यी सबै घटनाले अमेरिका–क्यूबा सम्बन्धलाई अझै तनावपूर्ण बनाएको छ। अहिले ट्रम्पले क्यूबामाथि कब्जा गर्ने धमकी दिएका छन्।
ग्रीनल्यान्ड
रूस, चीन र अमेरिकाबीचको प्रतिस्पर्धामा ग्रीनल्यान्ड पनि ठूलो विवादको केन्द्र बनेको छ। ट्रम्पले ग्रीनल्यान्डलाई कब्जा गर्ने घोषणा गर्दै, “रूस र चीनलाई छिमेकी बनाउन चाहन्न” भनेका छन्। ईरान युद्ध अघि नै ग्रीनल्यान्ड विश्व विवादको फ्ल्यास प्वाइन्ट बनेको थियो।
अफगानिस्तान
ईरानको छिमेकी अफगानिस्तान पनि अमेरिका–रूस द्वन्द्वको प्रमुख मैदान बनेको छ। सन् १९७९ मा रूस अफगानिस्तानमा प्रवेश गरी कम्युनिस्ट सरकारको रक्षा गर्ने दाबी गर्यो। त्यसपछि सन् १९८० मा अमेरिकाले अपरेसन साइक्लोन सञ्चालन गर्दै मुजाहिद्दीनलाई पैसा, हतियार र तालिम दियो। साउदी अरब र पाकिस्तानको आइएसआइले पनि अमेरिकालाई सहयोग गरे। यसरी अफगानिस्तानमा अमेरिका–रूसको प्रॉक्सी युद्ध सुरु भयो । जसको असर आजसम्म देखिन्छ।
सन् १९८९ मा सोभियत सेनाले अफगानिस्तान छाडेपछि सत्ता राष्ट्रपति नजीबुल्लाहलाई मिल्यो, तर गृहयुद्ध सुरु भयो। सन् १९९४ मा तालिबानको उदय भयो र १९९६ मा काबुल कब्जा गर्दै नजीबुल्लाहलाई हत्या गरियो। तालिबानको छायामा अल–कायदा प्रमुख ओसामा बिन लादेन लुकेका थिए।
९र११ आक्रमणपछि अमेरिका र नाटोले अफगानिस्तानमा अल–कायदाविरुद्ध कारबाही सुरु गरे। २००१–२०१४ सम्म अमेरिका समर्थित सरकार रह्यो। तर २०२० मा अमेरिका तालिबानसँग सम्झौता गर्दै सेना फिर्ता गर्यो। अहिले पाकिस्तान र तालिबानबीच युद्ध भइरहेको छ। ताजा रिपोर्टअनुसार आतंकवादको सबैभन्दा ठूलो शिकार अहिले पाकिस्तान बनेको छ। भारतले भने पाकिस्तानकै भूमिबाट आतंकवाद जन्म लिने आरोप लगाउँदै आएको छ।
यमन
यमनमा तीन सत्ता सक्रिय छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त पीएलसी सरकार, राजधानीमा कब्जा जमाएको हूती विद्रोही समूह (ईरान समर्थित) र साउर्थन ट्रान्जिसनल काउन्सिल (यूएई समर्थित) गठन भयो। यहाँ इजरायल र अमेरिका हूतीमाथि आक्रमण गर्छन् भने हूतीले पनि प्रतिकार गर्छ। स्थिति लगातार विस्फोटक छ।
सोमालिया
अफ्रिकाको सोमालियामा कबिलागत विवादले आतंकवादको रूप लिएको छ। अल–कायदासँग जोडिएको अल–शबाब समूहलाई यसको लागि जिम्मेवार मानिन्छ।
नाइजीरिया
नाइजीरियामा विभिन्न संघर्ष एकैसाथ चलिरहेका छन्। सबैभन्दा कुख्यात समूह बोको हराम हो। साथै, नाइजर नदीको डेल्टामा क्रूड तेल कब्जाको लडाइँ लामो समयदेखि विस्फोटक बनेको छ।
एशिया : चीन–ताइवान र साउथ चाइना सी
चीनको गतिविधि साउथ चाइना सीमा विवादको प्रमुख कारण बनेको छ। यहाँ वियतनाम, फिलिपिन्स, मलेशिया, ब्रुनेई, ताइवान र इन्डोनेशियासँग चीनको विवाद छ। स्प्राटली, पार्सेल र नाटुना टापु विवादको केन्द्र हुन्। ईस्ट चाइना सीमा चीन, जापान र ताइवानबीच सेनकाकुरदियु टापु विवाद छ।
चीन भर्सेस ताइवान
चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ, तर ताइवान अस्वीकार गर्छ। विश्लेषकहरूका अनुसार, यदि चीनले ताइवान कब्जा गर्ने प्रयास गर्यो भने अमेरिका प्रत्यक्ष सैन्य रूपमा संलग्न हुन सक्छ। यसैले ताइवान अहिले विश्वको सबैभन्दा ठूलो फ्ल्यास प्वाइन्ट बनेको छ।
रूस भर्सेस युक्रेन भर्सेस नाटो
रूस–युक्रेन युद्ध २४ फेब्रुअरी २०२२ देखि सुरु भएको मानिन्छ। युक्रेनलाई नाटो देशहरूले समर्थन गरेका छन्। तर ईरान युद्धमा नाटोले अमेरिकालाई सहयोग नगरेपछि अमेरिका–नाटोबीच मतभेद बढेको छ। ट्रम्पले नाटो देशहरूलाई धम्की दिँदै “कायर” भनेका छन्। यदि अमेरिका आफ्नो रूखमा अडिग रह्यो भने युरोपमा नाटोको सुरक्षा ढाल कमजोर हुन सक्छ, जसले विश्वको युद्ध–संघर्षको नक्शा फेरि बदल्न सक्छ। विदेशी सञ्चार माध्यमको सहयोगमा
आर्थिकन्यूज