शीर्षकहरू

ग्लोबल मनी विक २०२६ मा एनआईसी एशिया क्यापिटलद्वारा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक २०२६ मा एनआईसी एशिया क्यापिटलद्वारा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पसमा चैत ६ गते कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा क्यापिटलका प्रतिनिधिले “Smart Money Talks” मूल नाराका आधारमा विद्यार्थीलाई बचत गर्ने तरिका, सानो रकमलाई कसरी लगानी गर्ने भन्ने विषयमा जानकारी दिएका थिए। साथै बैंक तथा डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर (आईपीओ), दोस्रो बजार, सामूहिक लगानी कोष, एसआईपी लगायत पूँजीबजारका विषयमा पनि जानकारी गराइएको थियो।

त्यसैगरी कार्यक्रममा AML/CFT (धनशोधन तथा आतङ्ककारी वित्तीय नियन्त्रण) सम्बन्धी सचेतना पनि प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा क्याम्पसका कर्मचारीसहित २२० भन्दा बढीको सहभागिता रहेको थियो। अन्त्यमा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो।