शीर्षकहरू

वरिष्ठ अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन

वरिष्ठ अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन

काठमाडौं। वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।

केही दिनयता स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान चाबहिलस्थित मेडिकेयर अस्पताल पुर्‍याइएको थियो र त्यसपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारका लागि लगिएको थियो। तर बिहान ९:५५ मा उनकाे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

आचार्यले नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय काम गरे र त्यसपछि अन्तर्राष्ट्रिय मुद्रा कोषमा पनि योगदान दिएका थिए। राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका आचार्यले पछिल्लो समय नेपालको आर्थिक नीति, वित्तीय सुशासन र आर्थिक विश्लेषणमा सक्रिय भूमिका खेल्दै आएका थिए।

उनका परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार, छोरी अमेरिकाबाट आइपुगेपछि मात्र उनको अन्त्येष्टि गरिनेछ।

आचार्यको योगदान र अनुभवले नेपालका वित्तीय नीति र अर्थतन्त्रमा लामो समयसम्म प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।