काठमाडौं। सोमबार अन्तिम समयमा शेयर बजार सामान्य बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५.०१ अंकले बढेर २,९३६.५६ विन्दुमा पुगेको छ।
सोमबारको बजारमा ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर करिब १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको किनबेच भएको छ।
बजार बन्द हुँदा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
वित्त, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड समूहका परिसूचक बढेका छन्। तर वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहका परिसूचक भने ओरालो लागेका छन्।
सबैभन्दा बढी नाफा कमाउनेमा सालपा विकास बैंक, रिलायन्स् स्पिनिङ् मिल्स् र सोलु हाइड्रोपावरका लगानीकर्ताहरू रहेका छन्। सबैभन्दा बढी घाटा भोग्नेमा भने सनराईज फस्ट म्युचुअल फण्ड, कुमारी धनवृद्धि योजना र सिन्धु विकास बैंकका सेयरधनी रहेका छन्।
आर्थिकन्यूज