काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ ।
सम्झौताअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि पनि ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । दुवै समूहका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।
सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कम्पनीका सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् ।
कम्पनीले डोटी जिल्लामा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण गरी २०७६ सालदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।
आर्थिकन्यूज