शीर्षकहरू

फरक क्षमता भएका व्यक्तिलाई सांग्रिलाको वित्तीय साक्षरता कार्यक्रम

फरक क्षमता भएका व्यक्तिलाई सांग्रिलाको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक ले फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल बहिरा संघ सँगको समन्वयमा चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा ४० जना सहभागी भएका थिए । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकिङ कारोबार, डिजिटल साक्षरता, लगानी र जोखिम व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल का अध्यक्ष सन्तोष केसीले कार्यक्रम उपयोगी भएको उल्लेख गर्दै यस्ता तालिमका लागि बैंक तथा वित्तीय संस्थासँग सहकार्य जारी रहने बताए ।

बैंकले हाल देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।