शीर्षकहरू

वाडा अटो शोमा चार पांग्रेका १६ ब्राण्ड सहभागी हुने

वाडा अटो शोमा चार पांग्रेका १६ ब्राण्ड सहभागी हुने

पोखरा । नाडा प्रजेन्ट्स् दोस्रो वाडा अटो शो २०२६ मा चारपंग्रेका १६ वटा ब्राण्ड सहमागी हुने भएका छन् । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा आयोजना हुन लागेको उक्त शोमा चार पांग्रे गाडीका १६ वटा ब्राण्ड सहमागी हुने नाडाले जनाएको छ । 

यही चैत्र ११ गते देखि १५ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने शोमा ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका दई पांग्रे्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । 

प्रदेशकै सबै भन्दा वृहत अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरी रहेको छ । प्रदर्शनी सञ्चालनलाई सहजबनाउन प्रायोजनगरी सहयोग प्रदान गर्ने, पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि., फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा.लि. जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् ।

यस संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने छ । अटो व्यवसायको सुदृढिकरण एवं प्रबद्र्घन, क्षेत्रिय बजारमा हाम्रो सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकुल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा आयोजक विश्वस्त रहेको छ ।

प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नयाँ पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यकासाथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने छ । यसकासाथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तन संग आम सर्वसाधारणलाई साक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने छ, जसमा युनीट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन् ।