शीर्षकहरू

लगानी प्रवर्द्धनात्मक बजेट बनाउन ३५ संघसंस्थाको जोड

लगानी प्रवर्द्धनात्मक बजेट बनाउन ३५ संघसंस्थाको जोड

काठमाडौं । निर्यात व्यापारमा संलग्न ३५ उद्योग–व्यवसाय संघसंस्थाहरूले लगानी प्रवर्द्धन तथा सहकार्य कार्यक्रम बजेटमा समावेश गर्न आग्रह गरेका छन। कार्यक्रमको उद्देश्य वैदेशिक लगानी आकर्षण, घरेलु उद्योगको प्रवर्द्धन, र निर्यात वृद्धि रहेको थियो। अभियानमा सहभागी संघसंस्थाहरूले आ–आफ्नो क्षेत्रको सम्भावना, चुनौती र नीति सुधारका सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, महिला उद्यमी महासंघ, नेपाल पश्मिना उद्योग संघ, नेपाल हर्बल उत्पादक संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हातेकागज संघ, नेपाल धातु उद्योग संघ, नेपाल सीमापार वाणिज्य संघ लगायतका संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको थिए।

सहभागी संघसंस्थाहरूले लगानीमैत्री वातावरण निर्माण, नीति सुधार, र उद्योग विस्तारका लागि सहकार्यको खाका तयार गर्ने लक्ष्य लिएका छन्। व्यापार तथा निकासी प्रवद्र्धन केन्दका कार्यकारी निर्देशक सरद विक्रम राणाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा निर्यातकर्ताको भावनालाई बजेटमा समेटी देशको समग्र निर्यातमा नयाँ गति र दिशा दिई वर्तमान व्यापारघाटा न्यूनीकरण गर्ने ध्येयका साथ निर्यातजन्य प्रवद्र्धनात्मक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन बजेट तर्जुमा पूर्वको तयारी स्वरुप यो कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिका सदस्य निराजन बहादुर चलाउनेले निर्यात प्रवद्र्धनात्मक बजेटको आकार र दायरा दुवै बढाउनुपर्ने विषयमा जोड दिंदै निर्यातकर्ताले वास्तविक रुपमा भोगिरहेका समस्याहरुको समाधानमा आगामी बजेटमा प्राथमिकता दिन पहल गर्ने बताए ।