शीर्षकहरू

कालंगा हाइड्रोको पहिलो चरणको आईपीओ बिक्री खुला

कालंगा हाइड्रोको पहिलो चरणको आईपीओ बिक्री खुला

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आज चैत्र १० गतेदेखि आफ्नो पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। यस चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरिएको छ।

कम्पनीले स्थानीयलाई १४ लाख कित्ता शेयर वितरण गरेको छ। स्थानीय आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आवेदनको प्रारम्भिक अवधि चैत्र २४ गतेसम्म रहेको छ भने यदि पर्याप्त आवेदन नपुग्यो भने वैशाख ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीलाई ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिएको छ। यस समुहमा आवेदन न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म दिन सकिन्छ। वैदेशिक रोजगारी समूहका लागि आवेदनको अन्तिम म्याद चैत्र १५ गतेसम्म तोकिएको छ।

पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ।

नेपाल धितोपत्र बोर्ड ले फागुन २५ गते कालंगा हाइड्रोलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले बझांगमा १५.३३ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजना निर्माण गरी २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरिरहेको छ।