शीर्षकहरू

२०२६ मा बीवाईडीलाई उछिनेर 'नम्बर वान’ बन्ने जीलीको लक्ष्य, होला त पुरा ?

२०२६ मा बीवाईडीलाई उछिनेर 'नम्बर वान’ बन्ने जीलीको लक्ष्य, होला त पुरा ?

काठमाडौं । जीली अटोले सन् २०२६ का लागि महत्त्वाकांक्षी लक्ष लिएको छ । कम्पनीले सन् २०२६ मा चिनको नम्बर वान अटो कम्पनी बन्ने लक्ष लिएको हो ।

कम्पनीले मार्च १८ तारिख वार्षिक रिपोर्ट प्रस्तुत गर्दै सन् २०२६ मा नम्बर वान बन्ने लक्ष राखेको हो । हाल चिनमा बीवाईडी ईभी उत्पादन गर्ने कम्पनी बीवाईडी कम्पनी लिमिटेड पहिलो स्थानमा रहको छ । सोही कम्पनीलाई उछिन्दै जीली पहिलो बन्ने लक्षका साथ अघि बढेको छ ।

जहाँ जीली अटोले आन्तरिक बिक्रीमा पहिलो बन्ने लक्ष लिएको हो । २०२५ मा बीवाईडीले देशभर(चीनमा) ३५ लाख ५० हजार बढी कार देशभित्र बिक्री गरेको थियो । जीलीले भने ३० लाख वटा कार देशभित्र बिक्री गरेको थियो । बीवाईडीको घरेलु व्यापार २०२५ मा ७.७९ प्रतिशतले खच्किएको थियो । २०२४ मा चीनभित्र ३८ लाख ५० हजार युनिट गाडि बिक्री गरेको बीवाईडीले २०२५ मा ३५ लाख ५० हजार युनिटमा झरेको छ ।

२०२६ मा बीवाईडीले कति बिक्री गर्छ भनेर अहिले नै ठ्याक्कै अनुमान गर्न भने सकिन्दैन । तथापि २०२५ कै तथ्यांकलाई आधार मान्ने हो भने पनि बीवाईडीलाई उछिन्न जीलीले थप ९ लाख कार बेच्नु पर्ने हुन्छ । अर्थात् कम्पनीले २०२५ मा देशभित्र २६ लाख गाडि बेचेको थियो । यदि २०२५ मा जसरी नै बीवाईडीको आन्दरिक बिक्री घट्यो भने जीलीलाई अझ सहज हुन्छ ।

जीलीले २०२५ मा ४७ प्रतिशतले आन्तरिक बिक्री बढाएको थियो ।  २०२४ मा १७ लाख ६० हजार गाडि बेचेको देशभित्र बेचेको थियो । यदि जीलीले यही वृद्धिदरलाई कायम राख्यो भने २०२६ मा ३८ लाख ३३ हजार युनिट पुग्छ । यस अवस्थामा भने बीवाईडीलाई उछिन्छ । 
चीनको आन्तरिक बजारमा प्रतिस्पर्धा गर्ने टप ५ कम्पनी

२०२५ को रिपोर्ट अनुसार पहिलो बीवाईडी र दोस्रो जीली अटो रहेका छन् । त्यसैगरी, तेस्रो स्थानमा चङ्गान अटोमोबाइल, चौथो स्थानमा चेरी अटोमोबाइल र पाँचौ स्थानमा एसएआईसी–जिएम–वुलिङ रहेको छ ।

जहाँ चङ्गानले दिपल ब्रण्ड उत्पादन गर्दछ । २०२५ मा यस कम्पनीले १५ लाख वटा गाडी देशभित्र बिक्री गर्दा चेरीले पनि समान १५ लाख वटा नै बिक्री गरेको थियो । चेरीले विशेष गरेर ओमोडा जेइको ब्राण्डका गाडी उत्पादन गर्दछ ।

एसएआईसी–जिएम–वुलिङले ९ लाख वटा गाडि आन्तरिक बजारमा बेचेको थियो ।

जीलीको ब्यालेन्स सिट

जीलीले २०२५ मा ७० खर्ब नेपाली रुपैयाँ बराबर आम्दानी गरेकाे छ । जुन अघिल्लो वर्षको तुलनामा २५ बढी हो । कम्पनीले सो वर्ष ३ खर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  जुन २०२४ को तुलनामा ३६ प्रतिशत बढी हो ।

नेटवर्क १ हजार ३०० भन्दा बढी स्थानमा विस्तार गर्ने

जीलीले आफ्नो अन्तर्राष्ट्रिय डिलर नेटवर्क १ हजार ३०० भन्दा बढी स्थानमा विस्तार गर्ने लक्ष लिएको छ । जीली होल्डिङ ग्रुप अन्तर्गतका ब्राण्डहरु भोल्भो, लोटस, स्मार्टसँग सहकार्य गर्ने जनाएको छ ।

कम्पनीको सफल मोडल जीली ग्यालेक्सी एक्स ५ र स्टारशिप ७ लाई विश्व बजारमा फैलाउने लक्ष राखिएको छ । यस्तै, भोल्भोको स्थापित स्रोतहरू उपयोग गरेर लिंक एण्ड कम्पनी मोडल ०८, ०१ र जेड २० लाई युरोपमा विस्तार गर्ने लक्ष जीलीको छ ।