शीर्षकहरू

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी

काठमाडौं । सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसँग छलफल गरिरहेकी छिन् ।

प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने मिति भने टुङ्गो लागेको छैन । जेनजी आन्दोलनपछि सरकारले घटनाको जाँचबुझका लागि गौरी बहादुर कार्की नेतृत्वको आयोग बनाएको थियो । सो आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाई सकेको छ ।

जेनजी आन्दोलन दमन गरेको, गोलि चलाएको र हत्या गरेको उल्लेख उक्त प्रतिवेदनमा गरिएको स्रोतले बताएको छ । सोही कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख  चन्द्रकुवेर खापुङलाई फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।