शीर्षकहरू

पूूर्वमा फैलियो बर्ड फ्लु, एउटै फार्मको ११ हजार कुखुरा नष्ट

पूूर्वमा फैलियो बर्ड फ्लु, एउटै फार्मको ११ हजार कुखुरा नष्ट

विराटनगर । पूर्वका विभिन्न जिल्लामा बर्डफ्लू भेटिएको छ । पूर्वी तराईको मोरङ, सुनसरी र झापा जिल्लामा बर्ड फ्लू भेटिएको हो ।  मोरङका ५ स्थान, सुनसरीका ५ र झापाको १ स्थानमा बर्डफ्लू संक्रमण भेटिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरले जनाएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित दाहाल कृषि फार्म, सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ स्थित हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका वडा नम्बर ८ स्थित अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका वडा नम्बर २ स्थित ए टु जेड पोल्ट्री फार्म, कटहरी वडा नम्बर ६ स्थित कामख्या पोल्ट्री फार्ममा बर्ड फ्लुको संक्रमण भेटिएको हो । प्रयोगशालाका अनुसार संक्रमण देखिएको क्षेत्रलाई सिल गरिएको छ । 

यसरी संक्रमण देखिएपछि कुखुरा नष्ट गरिएको जनाइएको छ । एउटै फर्मको ११ हजार २० वटा भन्दा धेरै कुखुरा नष्ट गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।