शीर्षकहरू

ग्लोबल मनी वीक–२०२६ अवसरमा सिटिजन्स बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीक–२०२६ अवसरमा सिटिजन्स बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा देशका सातै प्रदेशमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नारासहित चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत बैंकले आफ्ना शाखा कार्यालयहरूबाट हजारौँ सर्वसाधारणलाई वित्तीय ज्ञान प्रदान गरेको जनाएको छ। कार्यक्रमबाट करिब ६ हजार जना लाभान्वित भएका छन्।

ग्लोबल मनी वीकअन्तर्गत बैंकले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरताको आवश्यकता र महत्वबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा डिजिटल बैंकिङको बढ्दो प्रयोगसँगै बढ्दै गएका जोखिम र ठगीका घटनाबारे सचेतना गराउँदै सुरक्षित वित्तीय कारोबार गर्ने तरिकाबारे पनि जानकारी दिइएको थियो। साथै नगद कारोबार, भुक्तानी, रेमिट्यान्स लगायतका वित्तीय गतिविधिमा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरिएको थियो। बैंकका अनुसार यस्ता कार्यक्रमले बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउनुका साथै युवा तथा विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास गरिएको छ।

यसैबीच, बैंकले हालसम्म विभिन्न नवप्रवर्तनशील सेवाहरू पनि सञ्चालनमा ल्याएको छ। बैंकले यसअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो। त्यस्तै, युवालाई लक्षित ‘सिटिजन्स जेन–जि सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजिटल बैंक सेवा’ लगायतका अनलाइन प्लेटफर्म तथा फ्रीलान्सरहरूका लागि विशेष बचत खाता समेत सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६५ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया