शीर्षकहरू

ग्लोबल मनी विकमा ज्योति विकास बैंक सक्रिय: देशभर ३० बढी वित्तीय साक्षरता कार्यक्रम, २२०० लाभान्वित

ग्लोबल मनी विकमा ज्योति विकास बैंक सक्रिय: देशभर ३० बढी वित्तीय साक्षरता कार्यक्रम, २२०० लाभान्वित

काठमाडौं। ज्योति विकास बैंक ले ग्लोबल मनी विक २०२६ अभियानअन्तर्गत देशभर वित्तीय साक्षरताका विविध कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत २ देखि ८ गते (मार्च १६–२२) सम्म “स्मार्ट मनी टक्स” नारासहित अभियान सञ्चालन गरेको हो।

अभियानका क्रममा बैंकले विभिन्न शाखामार्फत विद्यालय तथा कलेजमा ३० भन्दा बढी तालिम तथा सचेतनामूलक कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा आधुनिक बैंकिङ, बचत, लगानी, वित्तीय अनुशासन, डिजिटल सेवा, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी र ओटीपीसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

बैंकका अनुसार यस अभियानबाट करिब २२०० भन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन्। साथै सामाजिक सञ्जालमार्फत अडियो–भिजुअल सामग्री प्रकाशन र प्रभातफेरी कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

बैंकले यस्ता कार्यक्रममार्फत बालबालिका तथा युवामा वित्तीय ज्ञान, सीप र जिम्मेवार निर्णय क्षमताको विकास हुने विश्वास व्यक्त गरेको छ।

सामाजिक उत्तरदायित्वतर्फ पनि सक्रिय बैंकले स्वास्थ्य, शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। नवजात शिशुको जीवनरक्षाका लागि सञ्चालन गरिएको ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष हजारौँ शिशुलाई लाभ पुगेको बैंकको दाबी छ।

हाल बैंकले देशभर ११७ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।