शीर्षकहरू

एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सम्झौता: ग्राहक र शेयरहोल्डरलाई विशेष सुविधा

एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सम्झौता: ग्राहक र शेयरहोल्डरलाई विशेष सुविधा

काठमाडौँ। एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक र हस्पिटलका शेयरहोल्डरलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलको तर्फबाट निर्देशक डा. पेम्बा लामा ले हस्ताक्षर गरेका हुन् ।

यस समझदारीअनुसार बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउनेछन्। त्यस्तै, हस्पिटलका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयरहोल्डरहरूले बैंकको क्रेडिट कार्डमार्फत विभिन्न सेवा सुविधाहरू प्राप्त गर्नेछन्।

सुविधा विस्तारको लागि हस्पिटल परिसरमै बैंकको एटिएम सेवा पनि सञ्चालन गरिनेछ। बैंकका अनुसार, यस सहकार्यबाट ग्राहक र हस्पिटलका शेयरहोल्डरहरूलाई थप सुलभ र परिष्कृत सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

यस पहलले बैंक र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने तथा आम उपभोक्ताको अनुभव सुधार्ने उद्देश्य राखेको छ।