शीर्षकहरू

वैद्य अर्गनाइजेशनले इटालियन बाइक ब्रान्ड ‘मोर्बिडेली’ नेपाल भित्र्यायाे

वैद्य अर्गनाइजेशनले इटालियन बाइक ब्रान्ड ‘मोर्बिडेली’ नेपाल भित्र्यायाे

काठमाडौं । वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस Vaidya Organization of Industries & Trading Houses (VOITH) ले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्डमोर्बिडेली (Morbidelli)लाई नेपाली बजारमा आधिकारिक रूपमा भित्र्याएको छ।

नेपालका लागि टाेयाेटा गाडीको आधिकारिक वितरकसमेत रहेको वैद्य अर्गनाइजेशनले करिब पाँच दशक लामो व्यावसायिक अनुभवसँगै दुईपांग्रे सवारी क्षेत्रमा आक्रामक विस्तार गरिरहेको जनाएको छ। यसअघि कम्पनीले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपालमा भित्र्याएर सफलता हासिल गरिसकेको छ।

आधुनिक प्रविधि, उच्च प्रदर्शन र नवप्रवर्तनमा आधारित एथरको सफलतापछि उत्साहित कम्पनीले अब इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीमार्फत प्रिमियम बाइक सेग्मेन्टमा थप मजबुत उपस्थिति जनाउने लक्ष्य लिएको हो। मोर्बिडेली आफ्नो आकर्षक डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका कारण विश्वभर परिचित ब्रान्ड मानिन्छ।

कम्पनीका अनुसार नेपाली युवा तथा बाइक पारखीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोर्बिडेली भित्र्याइएको हो। आगामी दिनमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशभर सञ्जाल विस्तार गर्ने योजना पनि अघि सारिएको छ।

मोर्बिडेली ब्रान्ड विश्वव्यापी रूपमा कीवे ग्रुप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो, जसले बेनेली, मोर्बिडेली र बेन्दा जस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई होल्ड गर्दै आएको छ।