शीर्षकहरू

ईरानको सुप्रीम सुरक्षा परिषदमा नयाँ सचिव नियुक्त, इजरायली हमलामा लारीजानीको मृत्युपछि जोलकद्रको प्रवेश

ईरानको सुप्रीम सुरक्षा परिषदमा नयाँ सचिव नियुक्त, इजरायली हमलामा लारीजानीको मृत्युपछि जोलकद्रको प्रवेश

एजेन्सी । अमेरिका–इजरायलसँगको युद्धबीच, ईरानले मोहम्मद बाकिर जोलकद्रलाई सुप्रीम नेशनल सेक्युरिटी काउन्सिल (एसएनएससी)को नयाँ सचिव नियुक्त गरेको छ। उनी अली लारीजानीको स्थानमा आएका हुन्, जसको इजरायली हमलामा मृत्यु भएको थियो।

ईरानी राष्ट्रपति मसूद पेजेशकियानको आदेश र सुप्रीम लिडर मोजतबा खामेनेईको स्वीकृतिमा जोलकद्रको नियुक्ति गरिएको हो। सन १९८० को दशकको अन्त्यमा राष्ट्रपति अकबर हाशमी रफसंजानीको कार्यकालमा आइआरजीसीको ज्वाइन्ट स्टाफ चीफका रूपमा ८ वर्ष सेवा गरे । 

तेहरान विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक, पब्लिक एडमिनिस्ट्रेशनमा मास्टर्स,नेशनल डिफेन्स युनिभर्सिटीबाट स्ट्राटेजिक म्यानेजमेन्टमा पीएचडी गरेका छन् ।

अली लारीजानीलाई अयातुल्ला अली खामेनेईको निकट सहयोगी मानिन्थ्यो । खामेनेईको निधनपछि उनी ईरानी शासनका वरिष्ठ नेताहरूमा गनिएका थिए । जोलकद्रको नियुक्तिले ईरानको सुरक्षा रणनीतिमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।