शीर्षकहरू

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम दिन

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने अन्तिम दिन आज (चैत ११) रहेको छ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँ मध्ये ४०५ अर्थात २८ करोड बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये २ लाख १० हजार कित्ता ९१०५० शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

न्यूनतम आवेदन १० कित्ता र अधिकतम आवेदन २१ हजार कित्तासम्ममा आवेदन दिन सकिने छ । कम्पनीले सञ्चालन गरेको ७।२७ मेगावाट याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष, डिस्काउण्ट लगानी फिर्ता अवधि १९.८७ वर्ष,विद्युत अनुमतिपत्र बाँकी अवधि २५ वर्ष ६ महिना रहेको छ । त्यस्तै, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड  रहेको छ । आस्बा सदस्य बैंकरवित्तीय संस्था तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने छ । 

प्रतिक्रिया