काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्ने अन्तिम दिन आज (चैत ११) रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँमध्ये ३५.२६ प्रतिशत अर्थात ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १२ लाख कित्ता (१२ करोड रुपैयाँ बराबर) साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको हो।
कम्पनीले सञ्चालन गरेको ८ मेगावाट टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता अवधि ९.१७ वर्ष रहेको छ । त्यस्तै, डिस्काउण्ट लगानी फिर्ता अवधि१८.३७ वर्ष, विद्युत अनुमतिपत्र बाँकी अवधि२५ वर्ष ४ महिना रहेकोछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, प्रभु क्यापिटल, आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुररप्याउलीरहटुवागढी शाखा, सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखाबाट आवेदन दिन सकिने छ ।
आर्थिकन्यूज
प्रतिक्रिया