शीर्षकहरू

सुजुकी ‘ई-भिटारा’को बुकिङ खुला, प्रारम्भिक मूल्य ४९ लाख ९९ हजार रुपैयाँ

सुजुकी ‘ई-भिटारा’को बुकिङ खुला, प्रारम्भिक मूल्य ४९ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । सिजी मोटोकर्पले नेपालमा सुजुकीका सवारी साधनहरूको आधिकारिक वितरकको रूपमा आफ्नो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) ‘सुजुकी ई–भिटारा -Suzuki e–Vitara_  बुकिङ खुला गरेको छ।

कम्पनीले उक्त गाडीको औपचारिक घोषणा पोखरामा आयोजित वडा अटो शोमा गर्दै यसको प्रारम्भिक मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ। यो विशेष प्रारम्भिक मूल्य सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

null

नेपाली बजारमा नयाँ युगको सुरुवात

कम्पनीका अनुसार जापानी अटोमेकरको यो पहिलो प्रिमियम BEV हो, जसले नेपाली विद्युतीय सवारी EV बजारमा विश्वसनीयता र उच्च इन्जिनियरिङ स्थापित गर्ने लक्ष्य राखेको छ।

मुख्य विशेषताहरू

दुई ब्याट्री विकल्प  ४९ kWh र ६१ kWh
उच्च पावर आउटपुट १०६ kW र १२८ kW
आफ्नो वर्गमै शक्तिशाली इलेक्ट्रिक एसयूभी
आधुनिक प्रविधि र सुरक्षित ड्राइभिङ अनुभव

कम्पनीले जनाएको छ, “ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आएको पहिलो इलेक्ट्रिक एसयूभी हो, जसमा नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्ड समावेश गरिएको छ।”

null

फ्युचरिस्टिक डिजाइन र प्रिमियम इन्टेरियर बाहिरी डिजाइन

गाडीमा बोल्ड र एरोडायनामिक एसयूभी डिजाइन दिइएको छ। १८ इन्च एलोय ह्विल, एलईडी डीआरएल र प्रोजेक्टर हेडलाइटले यसको लुकलाई अझ आकर्षक बनाएको छ।

भित्री डिजाइन

इन्टेरियरमा डिजिटल ककपिट, फ्लोटिङ कन्सोल, मल्टिकलर एम्बियन्ट लाइटिङ र प्रिमियम मटेरियल प्रयोग गरिएको छ। 

यसमा १०.१ इन्चको टचस्क्रिन र १०.२५ इन्च मल्टि–इन्फर्मेशन डिस्प्ले उपलब्ध छ। साथै ‘इन्फिनिटी बाइ हार्मन’ साउन्ड सिस्टमले उत्कृष्ट अनुभव प्रदान गर्छ।

आरामदायी यात्रा अनुभव, भेन्टिलेटेड फ्रन्ट सिट
१०–वे पावर एडजस्टेबल ड्राइभर सिट
४०:२०:४० स्प्लिट रियर सिट
प्रशस्त बुट स्पेस

उन्नत प्रविधि र प्रदर्शन

ई-भिटारा नयाँ ज्भ्ब्च्त्भ्ऋत्–भ प्लेटफर्ममा आधारित छ, जसले मजबुत संरचना र उच्च सुरक्षा सुनिश्चित गरेको कम्पनीले जनाएको  छ।  यसमा ३–इन–१ इलेक्ट्रिक पावरट्रेन (मोटर, इन्भर्टर र ट्रान्समिसन) रहेको छ। गाडीले विभिन्न मौसममा उत्कृष्ट प्रदर्शन दिने गरी परीक्षण गरिएको छ, जसले (#)°C देखि ६०°C सम्म तापक्रममा काम गर्न सक्छ।

null

ड्राइभिङ मोड र रेञ्ज

इको, नर्मल र स्पोर्ट्स मोड
स्नो टेरेन मोड
वन–पेडल ड्राइभिङ सिस्टम

कम्पनीका अनुसार गाडीले ५०० किलोमिटरभन्दा बढी रेञ्ज दिन सक्ने क्षमता राख्छ।

उच्च सुरक्षा सुविधाहरू

​​​​​​​लेभल–२ ब्म्ब्क् सिस्टम
७ वटा एयरब्याग
इलेक्ट्रोनिक पार्किङ ब्रेक
टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS)
E-Call सुविधा

सेवा र विस्तार योजना

कम्पनीले देशभर फैलिएको सुजुकीको सेवा नेटवर्कमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराउने जनाएको छ। साथै सन् २०३० सम्म थप ६ नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने योजना पनि रहेको बताइएको छ।

बुकिङ खुला

ई–भिटाराको बुकिङ देशभर रहेका सुजुकीका शोरूमहरूमा खुला गरिएको छ। प्रारम्भिक मूल्य सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।