शीर्षकहरू

वाडा अटो शो : लक्ष्मी ग्रुप अन्तर्गत ह्युण्डाई सहित ४ ब्राण्ड, यस्ता छन् छुट अफर

वाडा अटो शो : लक्ष्मी ग्रुप अन्तर्गत ह्युण्डाई सहित ४ ब्राण्ड, यस्ता छन् छुट अफर

काठमाडौं । आज बुधबारदेखि पोखरामा आयोजना सुरु भएको वाडा अटो शोमा लक्ष्मी ग्रुप अन्तर्गतका विभिन्न ४ वटा ब्रान्ड प्रदर्शनीमा राखिएको छ । लक्ष्मी ग्रुप अन्तर्गतका कम्पनीले नेपालमा आयात गरेर बिक्री वितरण गर्दै आएका विभिन्न ४ ब्रान्डहरु उक्त प्रदर्शनीमा देख्न सकिने छ ।

जहाँ ह्युण्डाई, काइ, फर्थिङ र एसएमएल इसुजु कमर्सियल भेहिकल देख्न पाइन्छ । ई–मोबिलिटीका अनुसार ह्युण्डाईको क्रेटा ईभी, मेड ईन नेपाल क्रेटा र मेड इन नेपाल भेन्यु प्रदर्शनीमा राखिएको छ । मेड इन नेपाल क्रेटा र भेन्यु ह्युण्डाईले नेपालमा नै एसेम्बलिङ गरेको कार हो ।

यस्तै, काइको इ-क्युट ४ र एक्स-३ प्रो गाडि स्टलमा देख्न सकिन्छ । फर्थिङको फर्थिङ फ्राइडे ईभी पनि राखिएको छ । स्टल नम्बर ए-वान र ए-थ्रीमा ह्युण्डाईलाई देख्न सकिन्छ ।

कम्पनीका सेस्ल म्यान शाेभराज पाैडेलका अनुसार उक्त शोमा गाडि बुकिङ गर्दा एक बर्षको अटो बीमा, एक वर्षको कर छुट लगायतका विभिन्न स्कीमहरु रहेका छन् ।

nullnullnull