काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले करिब ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीका आधारमा ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो। यसअनुसार हालका शेयरधनीले प्रति १ कित्ता बराबर ०.७५ कित्ता हकप्रद पाउनेछन्।
प्रस्तावित हकप्रद अन्तर्गत कम्पनीले ३ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ बराबरका ३ करोड ७६ लाखभन्दा बढी कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ।
हकप्रद सेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि हिमालयन क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो। अब बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै कम्पनीले निष्काशन प्रक्रिया अघि बढाउनेछ।
आर्थिकन्यूज