काठमाडौँ। एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’को अवसरमा वित्तीय साक्षरता र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सातै प्रदेशका विद्यालय तथा कलेजमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित यस अभियान अन्तर्गत बैंकका शाखाहरुले स्थानीय स्तरमा विद्यार्थी र युवाहरुलाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकासका लागि ६७ भन्दा बढी कार्यक्रम सञ्चालन गरेका छन्। यस हप्ताभरीका कार्यक्रमबाट देशभरका ४ हजार १ सयभन्दा बढी विद्यार्थी र युवा लाभान्वित भएका छन्।
बैंकले वित्तीय साक्षरता र जनचेतना फैलाउने उद्देश्यले विभिन्न सामग्रीहरू पनि तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत प्रकाशन गरेको थियो। एनआईसी एशिया बैंकका अनुसार, यी कार्यक्रम र सामग्रीहरूले बालबालिका, विद्यार्थी र युवाहरुमाझ वित्तीय ज्ञान, सीप र सचेतनामा थप सहयोग पुर्याएको छ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वित्तीय साक्षरता अभियानलाई अझ व्यापक बनाउन निरन्तर पहल गर्ने जनाएको छ।
आर्थिकन्यूज