काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले “ग्लोबल मनी विक २०२६”को अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ।
कार्यक्रमको उद्देश्य युवापुस्ता र ग्राहकहरूमा वित्तीय अनुशासन, बचत, लगानी र अन्य महत्वपूर्ण वित्तीय ज्ञान सम्बन्धी सचेतना बढाउनु रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा शाखा कर्मचारी, ग्राहक र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसका साथै रिलायन्स फाइनान्सले नेपाल राष्ट्र बैंक र देशभरका विभिन्न बैंकर क्लबहरूले आयोजना गरेको सचेतनामूलक ¥यालीहरूमा पनि सक्रिय सहभागिता जनाएको छ।
कम्पनीले आफ्ना २१ वटा शाखाहरू मार्फत यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ र अन्य संस्थासँग सहकार्य गर्दै ग्राहकहरूलाई थप सेवा प्रदान गरिरहेको रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यले जानकारी दिए।
यस कार्यक्रमले युवापुस्ता र ग्राहकहरूमा वित्तीय साक्षरता र सचेतना अभिवृद्धि गर्नेमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।
आर्थिकन्यूज