शीर्षकहरू

नेप्सेमा बुधबार चार कम्पनीका बोनस सेयर सूचीकरण, डिम्याटमा जम्मापछि कारोबार सुरु

नेप्सेमा बुधबार चार कम्पनीका बोनस सेयर सूचीकरण, डिम्याटमा जम्मापछि कारोबार सुरु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार चार कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड समावेश छन्।

निर्धन उत्थान लघुवित्तले १३ लाख ६ हजार ३९.८८ कित्ता बोनस सेयर सूचीकरण गराएको छ। सिंगटी हाइड्रो इनर्जीले १४ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकरण गराएको छ।

त्यसैगरी, मेरो माइक्रोफाइनान्सको ६ लाख ४७ हजार २५ कित्ता र नेशनल लघुवित्तको १८ लाख ९७ हजार ५४२.२५ कित्ता बोनस सेयर सूचीकरण भएको छ। नेशनल लघुवित्तले वितरण गरेको बोनस सेयर १४.२५ प्रतिशत रहेको छ।

सूचीकृत बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार सुरु हुनेछ।