भक्तपुर । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव नभएको स्पष्ट पार्नुभएको छ ।
भक्तपुर चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आर्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्राकृतिक स्रोतले सम्पन्न भए पनि स्थिर नीति र प्रभावकारी कार्यान्वयनको अभावले अपेक्षित आर्थिक विकास हुन नसकेको उल्लेख गरिएको छ ।
युवाशक्ति देशको सबैभन्दा ठूलो सम्भावना भए पनि रोजगारी अभावका कारण दैनिक ठूलो संख्यामा विदेश पलायन भइरहेको अवस्था समेत उल्लेख गरिएको छ । दैनिक २५ सय हाराहारी युवा विदेश पलायन भइरहेको अवस्थालाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।
सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना आर्थिक समृद्धिका आधार भएको समेत उल्लेख गरिएको छ । स्थायित्वले लगानीमैत्री वातावरण निर्माण गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने र औद्योगिक विकास तीव्र बनाउने अवस्थामा जोड दिइएको छ ।
आर्थिक लक्ष्य हासिल गर्न व्यवसायमैत्री वातावरण निर्माण अपरिहार्य रहेको उल्लेख गरिएको छ । कर प्रणाली सुधार, भन्सार दर घटाउने, भ्याटका दरलाई व्यवहारिक बनाउने, साना व्यवसायीलाई कर छुट र प्रशासनिक झन्झट घटाउने जस्ता विषयमा सरकारको ध्यानाकर्षण आर्कान्ति गरिएको छ ।
कार्यक्रममा हालै निर्वाचित भक्तपुरका सांसदहरूलाई सम्मान गरिएको छ । सम्मानित हुने सांसदहरूमा रुकेश रञ्जित, राजिव खत्री, मदनकृष्ण श्रेष्ठ, प्रमिला कुलुजु, कुसुम महर्जन र डॉ. गंगा लक्ष्मी अवाल रहनुभएको थिए ।
सांसदहरूले निजी क्षेत्रको मनोबल बढाउने, स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भक्तपुरका समग्र विकासका लागि संयुक्त रूपमा काम गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र तवुज्जा श्रेष्ठले निजी क्षेत्रले ८२ प्रतिशत स्थानीय स्रोत साधन प्रयोग गरिरहेको उल्लेख गरिएको छ । प्रशासनिक जटिलताका कारण उद्योगी–व्यवसायीको ऊर्जा खेर गइरहेको अवस्था समेत उल्लेख गरिएको छ । कर तथा नीतिगत समस्याको समाधान गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
आर्थिकन्यूज