शीर्षकहरू

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, तारा भुसाल गभर्नर निर्वाचित

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, तारा भुसाल गभर्नर निर्वाचित

काठमाडौं  । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालद्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशन भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनबाट लायन वर्ष २०२६र२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित भएका छन।

महाधिवेशनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा तेजनारायण पराजुली तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा मनकृष्ण श्रेष्ठ निर्वाचित भए। पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्जय खेतान, डिष्ट्रिक्ट गभर्नर एकनारायण शर्मा, गंगा देवी ढकाल, आईडी इन्डोर्स तथा एलसीआईएफ संयोजक राजन लम्साल, जीएटी क्षेत्रीय संयोजक शम्भु प्रसाद घिमिरे, जीएमटी संयोजक मणिश्री रत्न बज्राचार्य लगायत विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको व्यवस्थापन लायन्स क्लब अफ काठमाण्डौ शुभ आरम्भले सुदृढ रूपमा गरेको थियो। होस्ट क्लबले आयोजना गरेको ३० भन्दा बढी लक्की ड्र पुरस्कारले सहभागीहरूको उत्साह अझ बढाएको थियो । 

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर भुसालले महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावनालाई अझ सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा संगठनलाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

उनले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण लायन्स नेतृत्व, सदस्यहरू तथा आयोजक क्लबप्रति आभार व्यक्त गरेका छन। साथै, महाधिवेशनबाट सिर्जित ऊर्जा, एकता र प्रतिबद्धतालाई आगामी कार्यकालमा प्रभावकारी रूपमा अघि बढाइने बताए।