शीर्षकहरू

कांग्रेसको महाधिवेशन असोज १६ गतेदेखि

कांग्रेसको महाधिवेशन असोज १६ गतेदेखि

काठमाडौं । नेपाली कांग्रेसले असोजमा नियमित महाधिवेशन गर्ने भएको छ । आज बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले असोज १६, १७, १८ र १९ गते १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । 

त्यसका लागि २ भदौबाट वडा अधिवेशन सुरू गर्ने, गाउँ–नगर अधिवेशन ७ भदौमा र प्रदेश सभा क्षेत्रीय अधिवेशन १७ भदौमा आयोजना हुने भएको छ ।

क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा गर्ने र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २ र ३ असोजमा हुने भएको छ । यस्तै, प्रदेशहरूको अधिवेशनलाई ७ र ८ असोजमा हुने छ ।

प्रदेश अधिवेशन सकेपछि असोज १६, १७, १८ र १९ गते १५ औं महाधिवेशनका लागि मिति तोकिएको छ । महाधिवेशन काठमाडौंमा हुने भएको छ ।