शीर्षकहरू

वैदेशिक नेपालीका लागि स्नो रिभर्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

वैदेशिक नेपालीका लागि स्नो रिभर्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि उक्त समूहका लगानीकर्ताका लागि ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशनको बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। स्नो रिभर्स लिमिटेडले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन सुरु गरिसकेको छ।