शीर्षकहरू

आत्मनिर्भर लघुवित्तको १४.२५% बोनस र ०.७५% नगद लाभांश प्रस्ताव, वैशाख ७ मा साधारण सभा

आत्मनिर्भर लघुवित्तको १४.२५% बोनस र ०.७५% नगद लाभांश प्रस्ताव, वैशाख ७ मा साधारण सभा

काठमाडौं। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्न संस्थाले वैशाख ७ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दाङको घोराही उपमहानगरपालिका–१५ मा बिहान ११ बजे सुरु हुने जनाएको छ।

सभामा लाभांश अनुमोदनसँगै प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेश गरिनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले चैत २६ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसअनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।