शीर्षकहरू

विदेशी कम्पनीको ट्रेडमार्क नक्कल गरेको आरोपमा १० नेपाली कम्पनीलाई विभागको ताकेता

विदेशी कम्पनीको ट्रेडमार्क नक्कल गरेको आरोपमा १० नेपाली कम्पनीलाई विभागको ताकेता

काठमाडौं। नेपाली कम्पनीहरूले विदेशी कम्पनीकाे ट्रेडमार्क नक्कल गर्नेहरू बढ्न थालेपछि उद्याेग विभाग एक्सनमा उत्रिएकाे छ । विदेशी ब्रान्डसँग मिल्दोजुल्दो नाम र लोगो प्रयोग गरेको विषयमा विभागले बिहीबार सूचना जारी गर्दै १० वटा नेपाली उद्योगीलाई उपस्थित हुन ताकेता गरेकाे छ।

नेपाली कम्पनीले विदेशी कम्पनीकाे ट्रेडमार्क नक्कल गरेपछि ति विदेशी कम्पनीले नक्कल गर्ने विरुद्ध उजुरी दिएकाे विभागकाे भनाई छ । उक्त उजुरी उपर छानबिन गर्न खाेजदा नक्कल गर्ने आरोप लागेका स्वदेशी कम्पनीहरू विभागकाे सम्पर्कमा नआएको  जनाइएकाे छ ।

विभागले उनीहरूकाे ठेगाना उल्लेख गरेर हुलाक मार्फत पत्र पनि पठाएकाे र ति उद्याेगहरूले सहि ठेगाना नराखेकाे पाइएकाे विभागका एक कर्मचारीले बताए । यसरी, पत्र पठाउँदा पनि सम्भव नभएपछि पत्रिकामा सूचना जारी गरिएकाे ति कर्मचारीले जानकारी दिए । 

विभागले स्वदेशी कम्पनीलाई ट्रेडमार्क सक्कल नै हाे भन्ने सबुत प्रमाण सहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेकाे छ । यदि ७ दिनभित्र पनि उपस्थित नभएमा कानून अनुसार अघि बढ्ने विभागले प्रष्ट पारेकाे छ । 

विभागले यस अघि पनि विभिन्न नेपाली कम्पनीले विदेशी कम्पनीकाे ट्रेडमार्क नक्कल गरेकाे भन्ने उजुरीका आधारमा लिखित जवाफका लागि सूचना जारी गरेकाे थियाे ।

null