काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ सर्वसम्मत चयन भएका छन् ।
आज बिहीबार बसेको रास्वपाकाे केन्द्रीय समिति बैठकबाट उनी सर्वसम्मत रूपमा दलकाे नेता चयन भएका हुन् ।
पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
विहीबार नै संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ ।
आर्थिकन्यूज