शीर्षकहरू

नेप्सेमा चन्द्रागिरी हिल्स र अप्पर हेवाखोलाको बोनस सेयर सूचीकृत

नेप्सेमा चन्द्रागिरी हिल्स र अप्पर हेवाखोलाको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। चन्द्रागिरी हिल्स लिमिटेड र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वितरण गरेका बोनस सेयर सूचीकरण गरिएको हो।

चन्द्रागिरी हिल्स लिमिटेडको ७ लाख ६७ हजार ४५.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो।

त्यस्तै, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ७ लाख ५० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो।

सूचीकृत बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि मात्रै दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्।