काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहीबार सूचीकृत भएको कम्पनीको कुल ६८ लाख ९६ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो।
कम्पनीलाई ‘SKHEL’ प्रतीक (सिम्बोल) प्रदान गरिएको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९४.७७ रुपैयाँदेखि अधिकतम २८४.३१ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।
उक्त रेञ्जभित्र कम्पनीको पहिलो शेयर कारोबार चैत १५ गते विशेष प्रि-ओपन सेसनमार्फत हुने नेप्सेले जनाएको छ।
आर्थिकन्यूज