शीर्षकहरू

सानिमा बैंकलाई ‘केयर–एनपी ए– (आईएस)’ रेटिङ प्राप्त

सानिमा बैंकलाई ‘केयर–एनपी ए– (आईएस)’ रेटिङ प्राप्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले ‘केयर एज रेटिङ्स नेपाल’बाट ‘केयर–एनपी ए– (आईएस)’ रेटिङ प्राप्त गर्न सफल भएको छ। बैंकले २०८२ साल चैत २ गते उक्त रेटिङ प्राप्त गरेको जनाएको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमता सन्तोषजनक रहेको संकेत गर्दछ।

केयर एज रेटिङ्स नेपालले बैंकको वित्तीय स्थायित्व, विश्वसनीयता तथा जिम्मेवार बैंकिङ अभ्यासलाई आधार मानेर उक्त मूल्याङ्कन प्रदान गरेको हो। यस रेटिङले सानिमा बैंकले दीर्घकालीन रूपमा आफ्ना दायित्वहरू पूरा गर्न सक्षम रहेको देखाउँछ। सानिमा बैंकले हाल देशका सातै प्रदेशमा सेवा विस्तार गर्दै आएको छ। बैंकका देशभर १३४ वटा शाखा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा रहेका छन्।