काठमाडौं । “वल्क फॉर वाटर, वल्क फॉर लाइफ” अभियानअन्तर्गत देशका विभिन्न स्थानमा सम्पन्न वित्तीय सचेतना र सामाजिक उत्तरदायित्व कार्यक्रममा सहभागिता उल्लेखनीय रहेको छ। कार्यक्रममा सहभागीहरूलाई जल स्रोत, सरसफाइ र लिङ्ग आधारित संवेदनशीलता विषयमा जानकारी दिइएको छ।
कार्यक्रमका सहभागीहरूले पानीको पहुँच र यसको दिगो व्यवस्थापनमा महिला तथा बालबालिकाको भूमिका, सरसफाइ र जीवनस्तर सुधारमा योगदानका विषयमा विस्तृत जानकारी प्राप्त गरेका छन्। साथै, महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उपाय र लिङ्ग संवेदनशील नीति निर्माणबारे छलफल गरिएको थियो।
नेपालका विभिन्न संस्थाहरू, बैंकर्स क्लबहरू र स्थानीय समुदायका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित रहेर जागरुकता अभियानमा सहयोग पुर्याएका थिए। सहभागीहरूले जल सरसफाइ, महिला सशक्तिकरण, सामाजिक जिम्मेवारी र वातावरणीय सचेतनासम्बन्धी थुप्रै गतिविधिमा भाग लिएका थिए।
रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यका अनुसार, वित्तीय सचेतनाका साथै समाजमा दिगो परिवर्तन ल्याउन महिलामाथि केन्द्रित कार्यक्रम सञ्चालन गरिएको हो। देशभर रहेका २१ वटा शाखा मार्फत फाइनान्सले ग्राहक, कर्मचारी र सरोकारवालालाई नियमित रूपमा सामाजिक शिक्षा र सेवा प्रदान गर्दै आएको छ।
कार्यक्रममा सहभागीहरूले पानी र लिङ्ग संवेदनशीलताबारे वास्तविक जीवनका अनुभव, चुनौती र समाधानसम्बन्धी छलफल गर्न पाएका थिए। यसले आगामी दिनमा सामाजिक जागरुकता र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया