शीर्षकहरू

बालेन्द्र शाह ‘बालेन’ नेपालको ४३ औँ प्रधानमन्त्री : युवाशक्ति र सुधारवादी दृष्टिकोणको उदय

बालेन्द्र शाह ‘बालेन’ नेपालको ४३ औँ प्रधानमन्त्री : युवाशक्ति र सुधारवादी दृष्टिकोणको उदय

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलका नेताका रूपमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाउने प्रक्रिया अघि बढाएका छन्।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा शाह झापा–५ बाट निर्वाचित भए र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरे। यससँगै उनी मधेशी मूलबाट संसदीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत प्रधानमन्त्री बन्न सफल पहिलो व्यक्ति बनेका छन्।

शाह २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका हुन्। उनका पिता डा. रामनारायण शाह आयुर्वेदिक चिकित्सक र माता ध्रुवदेवी शाह हुन्। उनी सविना काफ्लेसँग विवाहित छन् र एक छोरीका पिता हुन्।

शिक्षामा पनि शाहले उत्कृष्टता हासिल गरेका छन्। उनले काठमाडौंको एलायन्स एकेडेमीबाट एसएलसी र भिएस निकेतनबाट उच्च माध्यमिक शिक्षा पूरा गरे। सिभिल इन्जिनियरिङमा स्नातक तह हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट पूरा गरेपछि २०१८ मा भारतको बेङ्गलुरुस्थित निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर डिग्री हासिल गरे।

राजनीतिमा प्रवेश गर्नु अघि शाह ‘¥याप आर्टिस्ट’को रूपमा परिचित थिए। उनीले दुई दर्जनभन्दा बढी ¥याप गीत कम्पोज गरेका छन्, जसमा भ्रष्टाचार, असमानता, बेरोजगारी, सरकारी बेथिति र सामाजिक मुद्दा उठाइन्छ। पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा रिलिज भएको थियो। २०१३ मा युट्युबको र्याप–ब्याटल श्रृंखला ‘रअ बार्ज’ मा सहभागिताले उनलाई अझ लोकप्रिय बनायो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा शाहले काठमाडौं महानगरपालिकाको प्रमुख पद स्वतन्त्र उम्मेदवारको रूपमा जिते। मेयर पदमा रहँदा उनले पर्यटन, अर्थतन्त्र प्रवद्र्धन, नेवा संरचना संरक्षण, अवैध संरचना हटाउने, फुटपाथ सुधार र सहरी व्यवस्थापनमा उल्लेखनीय योगदान दिए।

साथै, शाह भूकम्पपछिको पुनःनिर्माण र पूर्वाधार विकासमा सक्रिय भई योगदान गरेका छन्। पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव हासिल गर्दै सम्पदा संरक्षण र पर्यटनमार्फत आर्थिक विकासमा पहल गरेका छन्।

संविधानसभाको दोस्रो निर्वाचनपछि शाहले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गरेर देशप्रतिको आफ्नो चिन्ता व्यक्त गरे। भदौ २३–२४ गतेको जेन–जी आन्दोलनमा पनि उनले समर्थन जनाउँदै युवापुस्ता र नयाँ पुस्ताको बेचैनीलाई सम्बोधन गर्ने प्रयास गरे।

प्रधानमन्त्रीको रूपमा शाहले सुधारवादी छवि र युवा लोकप्रियतासहित नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने अपेक्षा राखिएको छ।

प्रस्तावित मन्त्रिपरिषद् सूची यसप्रकार छ–

१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री तथा रक्षा
२. डा. स्वर्णिम वाग्ले – अर्थ
३. सुधन गुरुङ – गृह
४. शिशिर खनाल – परराष्ट्र
५. सोविता गौतम – कानुन
६. सस्मित पोखरेल – शिक्षा
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – संघीय मामिला/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गणेश पौडेल – संस्कृति तथा पर्यटन
१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि
१५. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी

प्रतिक्रिया