शीर्षकहरू

मन्त्रीको लिस्टबाट डा. अमरेश कुमार सिंहको नाम काटियाे

मन्त्रीको लिस्टबाट डा. अमरेश कुमार सिंहको नाम काटियाे

काठमाडौं । मन्त्रीको लिस्टबाट डा. अमरेश कुमार सिंहको नाम हटाइएको छ । यस अघि उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने भनिएपनि पछि नाम हटाइएको स्रोतले जनाएको छ । 

उद्योग मन्त्रालय पनि प्रधानमन्त्री बालेन्द्र शाह आफैले राख्ने निर्णय भएको छ । डा. सिंहको नाम किन हटाइयो भन्ने बारे खुलेको छैन । डा. सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पहिला नेपाली कांग्रेसमा थिए । कांग्रेसबाट निष्काशित भएका सिंह पछि रास्वपामा प्रवेश गरेका थिए । 

२०७९ मा उनी स्वतन्त्र रुपमा नै उठेर चुनाव जितेका थिए । 

प्रतिक्रिया